नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत पर्ने बताएका छन् । नेकपा एमालेले देउवालाई विश्वासको मत दिनेहरू एमाले हुन नसक्ने बताइरहेका बेला सांसद चौधरी एमालेकै ओली पक्षका सांसदहरूले समेत देउवालाई विश्वासको मत दिने दाबी गरेका हुन् ।‘हामी एमालेका ३५ भन्दा बढी सांसद प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन तयार छौ’, चौधरीले रातोपाटीसँग भने, ‘प्रतिनिधि सभा जोगाउनका लागि यसो गर्न लागेका हौँ ।’ उनले विगतमा केपी