सुदूरपश्चिममा अविरल वर्षा : तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिराले घर भत्काउँदा त्यसमा च्यापिएर तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ मा ३२ वर्षीय विष्णु अवस्थीको आफ्नै घरपसल माथिबाट खसेको पहिरामा च्यापिएर मृत्यु भएको छ । यस्तै वर्षाका कारण डोटी जिल्ला सायल गाउँपालिका-६ मेल्लेक गाउँका वीरबहादुर कुन्जेडाको घर भत्किँदा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

मनसुनको सय दिन : १ सय ७ जनाको मृत्यु,  सबैभन्दा बढी चट्याङबाट

नेपालमा मनसुन सुरु भएको यही भदौ २७ गते एक सय दिन पुरा भएको छ । यस अवधिमा बाढी, पहिरो, अविरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटनाबाट १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाइते भएका छन् । त्यस्तै ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४६ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् । त्यसैगरी पहिरोको कारण २७ जनाको मृत्यु र ३४ जना घाइते भएका छन् । बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु, १७ जना घाइते र

अछाममा पहिरोमा परेर एकै परिवारका पाँच सहित ९ जनाको मृत्यु

काठमाडौं । अछाममा अविरल वर्षा पछि झरेको पहिरोमा परेर एकै परिवारका पाँच जना सहित ९ जनाको मृत्यु भएको छ । जिल्लाको कमल बजार नगरपालिका–८ र ६ मा गरेर ९ जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । कमल बजार नगरपालिका–८ ढुगांलामा छिउरे दमाइ सहित उनको ५ जनाको परिवारको पहिरोमा परी मृत्यु भएको […]

अछाममा पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो गएको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो। पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए।…

दार्चुला बाढी अपडेट: एकै घरका चार जना बेपत्ता, एकको मृत्यु ११ घर पुरिए

शुक्रबार रातिबाट परेको अविरल वर्षा कारण लस्कु नदीमा आएको बाढीमा परी दार्चुलामा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।...

अफगानिस्तानमा बाढी, १८ जनाको मृत्यु

अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु  भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ  भने ४० जना घाइते भएका छन् ।अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएको बताइएको छ । त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार दुई बालबालिका सहित सात जनाको ज

सुडानमा बाढीबाट ८३ जनाको मृत्यु

सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ। प्राप्त समाचारअनुसार त्यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो। त्यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरूका १८ हजार घर बगाएको बताइएको छ। त्यसैगरी, त्यहाँका कम्तीमा पनि २५ हजार घरमा बस्न नहुने गरी क्षति पुगेको पनि बताइएको छ। त्यहाँका केही व्यक्ति हराएका […]

कोलोम्बियामा बाढी, १३ जनाको मृत्यु

कोलोम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तर पश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ । त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभाग

प्रदेश १ मा बाढी–पहिरोमा परी ६२ जनाको मृत्यु

मोरङ – अविरल वर्षा, पहिरो र बाढीका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर ६२ जनाको बाढी–पहिरोमा परी मृत्यु भएको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले पाँचथरमा पहिरोका कारण धेरै मानवीय क्षति भएको छ। उनका अनुसार पाँचथरमा २८ जनाको मृत्यु भएको हो। […]

बाढी र पहिरोमा परी प्रदेश १ मा ५६ जनाको मृत्यु (अपडेट)

गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरोमा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २२ जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको बाढी र पहिरामा परी मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन् । मिक्लाजुङको कुरुम्बा–५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाको मृत्यु भएको छ भने

पछिल्लो दुई सातामा बाढी पहिरोमा २७ जनाको मृत्यु, २६ जना अझै बेपत्ता

काठमाडौंः पछिल्लो केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ। वर्षाको कारण विभिन्न जिल्लामा बाढी पहिरो गइरहेको छ। बाढीले जनधनको क्षति पुर्‍याएको छ। सिन्धुपाल्चोक जिल्ला सबै भन्दाबढी प्रभावित बनेको छ। गएको १७ दिनमा देशभर बाढी पहिरोमा परेर २७ (बिहीबार सम्म) जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १८ दिनमा…