अछाममा पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो गएको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो। पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए।…