मापदण्ड नपुगेका निजी नर्सिङ शिक्षण संस्थाको स्वार्थमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्रमाणपत्र तहसरहको पीसीएल नर्सिङको भर्ना र पठनपाठन रोकिएको छ । स्रोतका अनुसार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको मिलेमतोमा मापदण्ड पुगेका कलेजको पनि भर्ना रोकेर राखिएको हो । राज्यमन्त्री श्रेष्ठ र उपाध्यक्ष अधिकारी दुवै निजी नर्सिङ कलेज र सीटीईभीटीका निजी कार्यक्रम सञ्चालक हुन् ।