तीनजुरेमा क्षेत्रमा हिमपात

धनकुटा : तेह्रथुम र संखुवासभाको सीमावर्ती उच्च पहाडी क्षेत्रको तीनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिमापत भएको छ।शुक्रबार दिउँसो भएको हिमपातका कारण पशुचौपया र जनजीवन प्रभावित भएको छ। वर्षासँगै परेको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ शेर्पाले बताए। जाडोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या बनेको छ।हिउँले टिएमजे क्षेत्र सेताम्य बनेको छ। हिउँले सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। चौरी, गाई‚ भैंसी‚ भेडा‚ बाख्रा चरनमा समस्या

सम्बन्धित सामग्री

सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ– ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। आज साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन्। वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए। पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो। यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो। हिउँ पर्न […]

हिल्सालगायत उच्च क्षेत्रमा हिमपात

सिमकोट- हुम्लाकाे नाम्खा गाउँपालिका- ५ को हिल्सालगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। शनिवार बिहानैबाट मौसम बिग्रिएसँगै उच्च क्षेत्रमा हिमपात सुरु भएको हो। सशस्त्र प्रहरीको हिल्सामा स्थापना भएको सिमा सुरक्षा सशस्त्र प्रहरी बल (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले एक्कासी मौसममा आएको खराबको कारण हिमपात सुरु भएको बताए। हिल्साभन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भइरहेको छ […]

पाथीभरालगायत ताप्लेजुङकाे हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरालागायत हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तीन दिनदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेकाे हाे ।   पाथीभरा मन्दिर क्षेत्रमा झन्डै डेढ फुट हिउँ परेको र मथिल्लो फेदिमा भने केही मात्रामा हिउँ परिरहेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गर्ने इन्द्रनारायण भट्टराईले बताउनुभयो । हिउँका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या भएकाे छ ।   हिउँ परेसँगै जिल्लाका डाँडाकाँडा र हिमाल सेताम्मे देखिएका छन् । याे ताप्लेजुङमा यस वर्षकाे दाेस्राे पटककाे हिमपात हाे ।

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङ, चैत ७ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सोमवार राति वर्षासँगै हिमपात भएको हो ।सोमवारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, ‘अहिले म पाथीभरा मन्दिर क्षेत्रमा […]

गोसाइँकुण्ड क्षेत्रमा हिमपात

रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ  हाकुमाथीको डाडालगायतका  क्षेत्रमा हिमपात भएको हो । प्रत्येक वर्ष मङ्सिरको अन्तिम

उच्च क्षेत्रमा हिमपात

सिमकोट – सदरमुुकाम सिमकोटभन्दा उच्च क्षेत्रमा हिमपात भएको छ। शुक्रबार रातिबाट बादल लागे पनि बिहीबार बिहानबाट हिमपात भएको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामका अनुुसार सदरमुुकाम सिमकोटभन्दा माथिल्लो हुम्लामा हिमपात भएको छ। सिमकोटमा हिउँ परे पनि बिलाउने गरेको छ। सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा भने हिउँ जमेको छ। हिमपात सिमकोट गाउँपालिकाको चुवाँ खोला, रलिङ, पञ्चमुुखी, छोबाखोर […]

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ – ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनले भने, ‘चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको […]

उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो।...

पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात

पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । शनिबार बेलुका वर्षासहित हिमपात सुरु भएको हो । जिल्लाका फालोट, चारराते, चिवाभञ्याङ लगायतका क्षेत्रमा हिउँ परेको छ । हिमपात कारण पाँचथरका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । हिमपात भएको कारण चिवा भञ्जाङ, चारराते, याङवरको लामपोखरी क्षेत्रमा रहेका सिमा सुरक्षाका लागि बसेका सशस्त्र […]

सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात भएको छ । जिल्लाको सल्लेरी आसपासका डाँडा, खुम्बु क्षेत्र, पत्ताले, पिकेडाँडा, रातनागी सहितका क्षेत्रमा आज हिमपात भएको हो । खुम्बुको लुक्ला नाम्चे, खुम्जुङसहितका क्षेत्रहरुमा बिहानैदेखि हिमपात भएको उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो । लुक्लामा करिब ६ इन्च हिउँ जमेको छ भने नाम्चे खुम्जुङसहितका क्षेत्रहरुमा १० देखि १२ इन्चसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । हिमपात हुने क्रम अहिले पनि जारी रहेकाले अझ धेरै हिउँ जम्न सक्ने सम्भाव...