हिल्सालगायत उच्च क्षेत्रमा हिमपात

सिमकोट- हुम्लाकाे नाम्खा गाउँपालिका- ५ को हिल्सालगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। शनिवार बिहानैबाट मौसम बिग्रिएसँगै उच्च क्षेत्रमा हिमपात सुरु भएको हो। सशस्त्र प्रहरीको हिल्सामा स्थापना भएको सिमा सुरक्षा सशस्त्र प्रहरी बल (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले एक्कासी मौसममा आएको खराबको कारण हिमपात सुरु भएको बताए। हिल्साभन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भइरहेको छ […]

सम्बन्धित सामग्री

हिउँले ढाकियाे सुदूरपहाड, तस्वीरहरू

बैतडी : सुदूरपश्चिम प्रदेशका लेकाली क्षेत्रहरूमा हिमपात भएकाे छ। हिउँदे वर्षा भएसँगै बैतडीसहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हाे। यहाँ यो वर्ष पहिलोपटक हिमपात भएको हो। बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको स्थानीय भानबहादुर बाेहराले बताए। पाटनको  खोड्पे,अनारखाेली क्षेत्रमा पनि हिमपात सुरु भएको छ। यस्तै सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरूले बताएका छन्।हिमपात भए पनि राजमार्ग अवरुद्ध भने नरहेका

पाथीभरामा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको […]

सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ– ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। आज साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन्। वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए। पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो। यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो। हिउँ पर्न […]

कोशी र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हिमपात हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । […]

उच्च क्षेत्रमा हिमपात

सिमकोट – सदरमुुकाम सिमकोटभन्दा उच्च क्षेत्रमा हिमपात भएको छ। शुक्रबार रातिबाट बादल लागे पनि बिहीबार बिहानबाट हिमपात भएको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामका अनुुसार सदरमुुकाम सिमकोटभन्दा माथिल्लो हुम्लामा हिमपात भएको छ। सिमकोटमा हिउँ परे पनि बिलाउने गरेको छ। सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा भने हिउँ जमेको छ। हिमपात सिमकोट गाउँपालिकाको चुवाँ खोला, रलिङ, पञ्चमुुखी, छोबाखोर […]

बागलुङको माथिल्लो क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

बागलुङ । बागलुङको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । उच्च लेकाली क्षेत्रमा भारी हिमपातका कारण निकै चिसो बढेको छ । हिमपातले जनजीवन कष्टकर भएको छ । जिल्लाको ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोल, गाजाको दहलगायतका उच्च क्षेत्रमा हिमपात भएको छ । यस पटक केही तल्लो भेगहरुमा पनि हिमपात भएको ढोरपाटन नगरपालिका–९ काधनवीर विकले जानकारी दिनुभयो । […]

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

धनगढी– सुदूरपश्चिमका पहाडी जिल्लाका हिमपात भएको छ। बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला लगायतका पहाडी जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको छ। हिउँ परेसँगै पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ। हिमपातले एक्कासी बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्। हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त […]

हुम्लामा हिमपात : जनजीवन कष्टकर

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि  चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो ।आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–८ लिमिमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित बनेको छ

हुम्लामा भारी हिमपात, चिसोले जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै

दार्चुलाको उच्च क्षेत्रमा हिमपात, यातायात र सञ्चार अवरुद्ध

दार्चुला : दुई दिनदेखि लगातर परेको हिमपात र वर्षाले जिल्लाको यातायात र सञ्चार सेवा अवरुद्ध भएको छ। दार्चुलाको व्यास र अपिहिमाल गाउँपालिकाका अधिकांश क्षेत्रमा हिमपात भएको छ भने दुहूँ, नौगाड र मार्मा क्षेत्रका उच्च पहाडि क्षेत्रका साथै सबै स्थानीय तहका उच्च क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। न...