भरतपुर-१९ का तीन मतदान केन्द्रमा शुक्रबार पुन: मतदान भएको छ। गत वैशाख ३१ गते भएको चुनावको मतगणना क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो वडामा पुन: मतदान भएको हो। कांग्रेसको पकड क्षेत्र रहेको भरतपुर-१९ मा फेरि चुनाव भयो भने कांग्रेस समर्थक मतदाताको थप मत आफ्नो पक्षमा बढाउन सकिन्छ भन्ने अपेक्षासाथ माओवादी केन्द्रले मतपत्र च्यातेको थियो।…