सुर्खेतको चिङ्गाडमा एमाले, बराहतालमा माओवादी केन्द्रले लियो अग्रता

सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ३०० मत गणना गर्दा प्रमुखमा एमालेका बोधविक्रम जिसीले १७० र नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ११९ मत प्राप्त गरेका हुन् । छ वटा वडा रहेको चिङ्गाडमा अहिले वडा नं १ को मत गणना भैरहेको छयता बराहताल गाउँपालिकमा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। तीन सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार किशोरभक्त सुनारले ११६ मत पाएका छन्।यस्तै नेपाली कांग्रेसका भीम भण्डारी ९१ र एमालेबाट घनश्याम पाण्डेले ७९ मत पाएका छन्।

सम्बन्धित सामग्री

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ । कांग्रेसले १९ लाख ६३ हजार मत पाउँदै दोस्रो स्थानमा छ। यसअघि, चौथो स्थानमा रहेको माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ । माओवादी केन्द्रले ८ लाख ७३ हजार मत पाउँदा […]

सुदूरपश्चिमका सवै क्षेत्रमा माओवादी केन्द्र पछाडी

धनगढी । आइतबार सम्पन्न प्रतिनिधि सभाको मत गणना सुरु हुँदा माओवादी केन्द्रले कुनै पनि स्थानमा अग्रता ल्याउन सकेको छैन । प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका ४ स्थानमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको थियो । ४ वटै स्थानमा शक्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका साझा उम्मेदवार रहेका थिए । तर कैलाली–३ मा पराजितनै भइसकेको माओवादी केन्द्र अन्य तीन स्थानमा पनि […] The post सुदूरपश्चिमका सवै क्षेत्रमा माओवादी केन्द्र पछाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिमका सबै क्षेत्रमा माओवादी केन्द्र पछाडि

धनगढी– आइतबार सम्पन्न प्रतिनिधि सभाको मत गणना सुरु हुँदा माओवादी केन्द्रले कुनै पनि स्थानमा अग्रता ल्याउन सकेको छैन । प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका ४ स्थानमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको थियो । ४ वटै स्थानमा सत्तारूढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका साझा उम्मेदवार रहेका थिए । तर कैलाली-३ मा पराजितनै भइसकेको माओवादी केन्द्र अन्य तीन स्थानमा पनि मतान्तरमा […]

समानुपातिकमा एमालेलाई अग्रता : स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो

काठमाण्डाै – समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले ४३ हजार ५ सय ८५ मत पाएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ३८ हजार ३ सय २४ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले १८ हजार १ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले १६ हजार ७ सय १६ मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । र...

उपत्यकाले स्वीकारेन माओवादी र एकीकृत समाजवादी

उपत्यकामा माओवादी केन्द्रले सबै महिला नेता पम्फा, ओनसरी, मानुषी र कल्पनालाई उम्मेदवार बनाएको थियो । तर सबै जना प्रतिस्पर्धामा पछाडि छन् । माओवादी केन्द्रले भागमा पाएको भक्तपुर–१ अग्रता लिने संभावना नै छैन । माओवादी केन्द्रकै जस्तो अवस्था एकीकृत समाजवादीको पनि छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा माओवादीको अग्रता

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका गठबन्धनबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल १०७०१ गणना हुँदा माओवादीका कृष्णप्रसाद सापकोटाले ४४४१ मत ल्याएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ३०३८ मत ल्याएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी सीता थापाले ३७३० मत ल्याउँदा एमालेकी बालकुमारी सापकोटाले ३१८७ मत ल्याएकी छिन्। चौतारा साँगाचोक नगरमा माओवादी केन्द्र र एकीकृत समाजवादसँग तालमेल छ। यस्तै नेपाली काँग्रेसबाट मेयरमा केशवराज गिरीले १७३५

बनगाड कुपिण्डेमा माओवादी केन्द्रले खाता खोल्यो

सल्यान :  बनगाड कुपिण्डे नगरपालिका- २ को मत गणना सम्पन्न भएको छ। जसमा नेकपा माओवादी केन्द्रका मानबहादुर खत्रीको प्यानल विजयी भएका छन्। जसमा खत्रीले ४४४ मत ल्याएका हुन्।यसमा एमाले शकर प्रसाद शर्माले ४०७ र नेपाली कांग्रेसका मानबहादुर विष्टले १२ ल्याएका थिए। महिला सदस्यमा पानसरी बुढा ४५४ दलित महिला सदस्यमा भद्रकली कामी ४४० मनबिर राना ४२९, हैते राना ४३२ विजयी भएका छन्। नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन्। जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण

रोल्पाको गंगादेवमा काँग्रेसको अग्रता

रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र, काँग्रेस र नेकपा एमालेको त्रिपक्षीय भिडन्तमा काँग्रेसले अग्रता लिएको हो । माओवादी केन्द्रले एकीकृत समाजवादीसँग तालमेल गरेको थियो । काँग्रेसका अध्यक्ष उम्मेदवार हरिबहादुर पुनले ९२३ मत, एमालेका रोशन ओलीले ७११ मत र माओवादीका वीरबहादुर खत्रीले ४९४ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा काँग्रेसकी अमृताकुमारी केसी ओलीले ८९७ मत, एमालेकी निर्मलाकुमारी ओलीले ६५७ मत र एकीकृत समाजवादीका संयूक्त उम्मेदवार नेपबहादुर डाँ

प्युठानको झिमरूकमा माओवादीको अग्रता

प्युठानको झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल २ सय मत गणना हुँदा माओवादी केन्द्र पितबहादुर एमसीले अध्यक्षमा ११६ मत ल्याएका हुन् । उपाध्यक्षमा विष्णु घर्तीले मगरले १२२ मत ल्याएका छन् । झिमरूकमा माओवादी एमाले गठबन्धन छ । यस्तै नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाट संयूक्त उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ६१ मत र काँग्रेसबाट उपाध्यक्षमा प्रमोद पोखरेलले ५६ मत ल्याएका छन् ।