काठमाण्डाै - एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे ।
श्रीलङ्कामा भएको साफ १७ वर्षमुनिको खेल लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । नेपाल साफ १७ वर्षमुनिको खेलमा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टोली भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।
टोलीमा फरवार्डमा सुवास बम, श्रृजल राई तथा डिफेन्डरमा मदन पौड...