एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ …

सम्बन्धित सामग्री

फराकिलो हारसँगै नेपाल यू-२३ छनोटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । विहीबार आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो हार बेहोर्दै नेपालको छनोट हुने सम्भावना समाप्त भएको हो । प्रशिक्षक बालगोपाल महर्जनले पुन: एकपटक बलियो टोलीविरुद्ध डिफेन्समा मिडफिल्डका खेलाडीलाई उतार्दा नेपालले फराकिलो हार बेहोरेको हो । पहिलो हाफमा ३-० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि […]

एएफसी यू२३ छनोटमा नेपाल इरानसँग ४-० ले पराजित

नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ।

एएफसी यू–२३ एसियन कप छनोट फुटबल: नेपाल इरानसँग पराजित

काठमाडौं। एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

एएफसी यू–२३ एसियन कप छनोट फुटबल: नेपाल इरानसँग पराजित

काठमाडौं। एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

फुटबल यु–२३ तयारी

काठमाडौं।अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२३ एसियन कप छनोट खेल्ने टोली भोलि ताजाकिस्तान प्रस्थान गर्ने जनाएको छ।सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।प्रशिक्षक महर्जनले छोटो तयारीका बावजुद पनि नेपाली टोलीले बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताएका छन्।

एएफसी यू–२३ एसियन कपको छनोट खेल खेल्ने नेपाली टोली घोषणा

एएफसी यू–२३ एसियन कपको छनोट चरणका लागि नेपाली टिमको अन्तिम २३ सदस्यीय टोली घोषणा भएको छ ।प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपालको सिनियर टोलीका ६ खेलाडीलाई समेत समेट्दै प्रशिक्षक महर्जनले नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन् ।डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरमा नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलानसँगै फरवार्ड मनिष डाँगी यू–२३ टोलीमा समावेश छन् । राष्ट्रिय टोलीकै अनुभव भएका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल टज् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु छन् । मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि समावेश हुँदा आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का रहेका छन् ।एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । छनोट खेलमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ ।एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता भने सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा आयोजना हुनेछ ।नेपाल हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगितामा छनोट हुन सकेको छैन । पछिल्ला दुई संस्करणमा नेपाली टोली जितविहिन मात्रै नभई गोलबिहिन हुँदै घर फर्किएको छ । २३ सदस्यीय अन्तिम टोलीःगोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बरालडिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङमिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारीफरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का