बिस्केक : एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली उज्बेकिस्तानसँग पराजित भएको छ।
कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली टोली आफ्नो पहिलो खेलमा ५-१ गोल अन्तरले पराजित भएको हो।
विश्वकपको समेत अनुभव बटुलिसकेको उज्बेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दोहोरो गोल तथा खुश्निद्दिन निशोनोभ,…