२१ असार, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बच्चा चोरीको एक पछि अर्को घटना देखिन थालेको छ । पछिल्लो पटक हराएको दुई सातापछि प्रहरीले बच्चासहित एक महिलालाई पक्राउ गरेको छ । भारतको बिहार सीतामढी घर भई जनकपुरधाम उपमहानगरपालिका– ७ भ्रमरपुरा बस्ने हरिओम चौधरीका ४ बर्षीय छोरा सोहनकुमार ६ असारको साँझ ६ बजेतिर हराएका थिए । […]