काठमाडौं । आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर ‘ए’मा लिग चरणको अन्तिम खेलमा नेपालले आज क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । आज खेल जितेमा नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का बनाउने छ ।...