काठमाडौं : सरकारले प्रतिनिधि सभाको ११ औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन भोलिदेखि अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
'भोलिदेखि अन्त्य गर्ने निर्णय भएको छ,' ती मन्त्रीले भने। संसद्को कार्यकाल कहिलेसम्म रहने भन्नेबारेमा विवाद रहेकै बेला…