काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो।
अधिवेशन अन्त्य गरेको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको राष्ट्रपति कार्यालयको स्रोतले बताएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने कानुनी व्यवस्था रहेको छ। चालु अधिवेशन बिजनेशविहीन भएपछि…