सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत ब्याजदर तोकेको हो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो । बजारमा गहिरिँदो तरलता अभावकाबीच बैंकहरुले निक्षेपको ब्याजदर नै ११.०३ प्रतिशत तोकेपछि सहकारी संघ संस्थाहरुले सन्दर्भ ब्याजदर अधिकतम १७ प्रतिशत पुर्याउन माग गरेका थिए । तर शुक्रबार बसेको ब्याजदर निर्धारण समितिले मध्य विन्दुमा १६ प्रतिशत तोक्ने निर्णय गरेको