अमेरिकामा ब्याजदर फेरि बढ्यो, महंगी ४० वर्ष यताकै उच्च विन्दुमा

बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गरेको छ । बैंकले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ । संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २ दशमलव २५ प्रतिशतबाट २ दशमलव ५ प्रतिशतमा पुर्‍याएको बताइएको छ । बैंकले अर्थतन्त्रमा मागको स्तर […]

सम्बन्धित सामग्री

करीव पाँच महीनायताकै उच्च विन्दुमा नेप्से, ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव २३ प्रतिशत बढेर २१ सय विन्दुमाथि पुगेको छ । यस दिन नेप्से परिसूचक २ हजार १०६ दशमलव ४८ विन्दुमा पुगेको हो । यो विन्दु करीब पाँच महीनायताकै उच्च हो । यसभन्दा अगाडि गत साउन ११ गते नेप्से परिसूचक २ हजार १२६ दशमलव ४८ विन्दुमा थियो । परिसूचक लगातार ६ दिनमा १५७ दशमलव ८८ अंक बढेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले मंगलवार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । लगानीकर्ताहरूले सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन् भने केही कम्पनीको शेयर मूल्य छोटो समयमै दोब्बरभन्दा पनि बढीले वृद्धि भइसकेको छ । यसो त भर्खर सूचीकृत भएका कम्पनीहरूको मूल्य प्रायः तल्लो विन्दुबाटै शुरु हुने भएकाले ती कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो समय घटेको ब्याजदर र अधिक तरलताले लगानीकर्तामा पनि उत्साह बढेको देखिन्छ । पुस लागेसँगै सबै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोही कारण पनि लगानीकर्ता आकर्षित भएको जानकारहरू बताउँछन् ।   यस्तै नेपाल राष्ट्र बैकले शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार अहिले घटाएर १२५ प्रतिशतमा झारेको छ, जसले गर्दा लगानीकर्ताहरूको मनोवल बढेको उनीहरूको भनाइ छ ।   यस दिन कारोबारमा आएका ३१३ धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ९९ हजार ६४१ पटकमा रू. ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ९ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट्स, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट इन्डष्ट्रि, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।  मंगलवार सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य सबैभन्दा बढी ७ दशमलव २६ प्रतिशत घटेको छ । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ३० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेर रू. ३३० मा झरेको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू.३७ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९४ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. २८ करोड ७३ लाख बराबरको भएको हो ।  यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।

अन्तरबैंक ब्याजदर ५ प्रतिशतमा

काठमाडौं । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजी सहज भएसँगै अन्तरबैंक ब्याजदर पनि घट्न थालेको छ । लामो समयदेखि ७ प्रतिशत हाराहारीमा स्थिर रहेको अन्तरबैंक ब्याजदर जेठको दोस्रो सातापछि क्रमश: ओरालो लागेको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार बुधवार अन्तरबैंक ब्याजदर ५ दशमलव ७४ प्रतिशतमा झरेको छ । यसअघि गत माघमा पनि अन्तरबैंक ब्याजदर ४ प्रतिशतसम्म झरेको थियो । राष्ट्र बैंकले रिपोमार्फत बजारमा तरलता प्रभाव गरेपछि अन्तरबैंक ब्याजदर घटेको थियो । त्यसपछि पुन: बढेर फागुनमा साढे ८ प्रतिशत पुगेकोमा पछिल्लो समयमा तरलता सहज भएपछि ओरालो लागेको हो ।  पछिल्लो समयमा बैंकहरूमा निक्षेप बढिरहेको भए पनि कर्जा प्रवाह हुन सकेको छैन । यसले गर्दा पनि अन्तरबैंक कारोबारमा कमी आई ब्याजदर घटिरहेको छ ।  बुधवारसम्म बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ८४ दशमलव १९ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न सक्ने भएकाले उनीहरूसँग साढे ४ खर्ब थप कर्जा दिनसक्ने अवस्था छ । तर, उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा कर्जाको माग छैन ।  मंगलवारको तुलनामा बुधवार बैंक, वित्तीय संस्थाको निक्षेप २ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने १ अर्ब रुपैयाँले मात्र बढेको छ ।  बुधवारसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब र ऋण ४८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।  तरलता सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर पनि क्रमश: घट्दै गएको छ । सोमवार टे«जरी बिल्सको ब्याजदर ७ प्रतिशतसम्म झरेको छ ।  अवस्था सहज भएपछि नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिलाई परिवर्तन गर्दै ब्याजदर घटाउने नीति लिएको छ । यस कारण उच्च विन्दुमा पुगेको बैंकहरूको आधारदरका साथै निक्षेप र कर्जाको ब्याजदर क्रमश: घटिरहेको छ ।  वाणिज्य बैंकहरूले चैतदेखि प्रिमियम १ प्रतिशत विन्दुले घटाएर अधिकतम ५ प्रतिशतमात्र लिने निर्णय गरेका थिए । यस्तै राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले असारदेखि स्प्रेडदरसमेत घटाउनुपर्ने भएकाले ऋणको ब्याजदर घटिरहेको नेपाल बैंकर्स संघले बताएको छ । यद्यपि असारमा निक्षेपको ब्याजदर भने नघटाउने संघले निर्णय गरेको थियो ।  पुसमा १० दशमलव ९१ प्रतिशत पुगेको वाणिज्य बैंकहरूको आधारदर वैशाखमा १० दशमलव ४८ प्रतिशतमा र माघमा १३ दशमलव शून्य ३ प्रतिशत पुगेको कर्जाको ब्याजदर पनि वैशाखमा १२ दशमलव ४८ प्रतिशतमा झरेको छ ।

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। ‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रणका लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४...

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

एजेन्सी । ‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

‘स्टेट बैँक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपीसीको आकलनमा आधारित भएर यो निर्णय गरिएको हो । डनका अनुसार, यस परिवर्तनसँगै एसबीपी ब्याज दर यस वर्षको लागि कूल ६२५ आधार बिन्दुमा वृद्धि भएको छ । यो दर अक्टोबर र सेप्टेम्

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपीसीको आँकलनमा आधारित भएर यो निर्णय गरिएको हो । डनका […]

बैंक कर्जाको ब्याजदर १८ प्रतिशत पुग्यो, ऋणीलाई तनाव

तरलता अभावकाबीच बैंक कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको छ । ‘क’ वर्गको वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको हो । उसो त असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा नै अधितम १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिसकेका छन् । सामान्य बचतमा नै ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरेका बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरेका हुन् ।अघिल्लो महिना यस्तो ब्याजदर मुद्दती निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशतसम्म दिएका थिए । तर, असोज महिनाका ल

अमेरिकामा ब्याजदर फेरि बढ्यो, महँगी उच्च विन्दुमा

अमेरिकाको केन्द्रीय बैङ्क फेडरल रिजर्भले बढ्दो मूल्यलाई नियन्त्रण गर्न फेरि एक पटक ब्याजदरमा वृद्धि गरेको छ । बैङ्कले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ ।

अमेरिकामा ब्याजदर फेरि बढ्यो, महँगी उच्च विन्दुमा

अमेरिकाको केन्द्रीय बैङ्क फेडरल रिजर्भले बढ्दो मूल्यलाई नियन्त्रण गर्न फेरि एक पटक ब्याजदरमा वृद्धि गरेको छ । बैङ्कले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ ।

निक्षेप हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । वाणिज्य बैंकहरूको कुल निक्षेप सकंलन बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा पनि बैंकमा तरलता (लगानीयोग्य पूँजी) को अभाव भने कायमै रहेको छ । असोजको दोस्रो सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप रू. ४२ खर्ब १८ अर्ब पुगेको छ, जुन हालसम्मकै बढी हो । गत असार मसान्तसम्म कुल निक्षेप ४१ खर्ब १ अर्ब पुगेको थियो । चालू आर्थिक वर्ष शुरू हुनासाथ निक्षेप संकलन घटेको थियो । तर, अहिले निक्षेप संकलन बढेर नयाँ विन्दुमा पुगेको हो । बैंकहरूमा निक्षेप नै आउन नसक्दा चालू आवको शुरूदेखि नै तरलता अभावको समस्या हुँदै आएको थियो । अहिले बैंकिङ क्षेत्रमा निक्षेप आउन थाले पनि तरलता अभावको समस्या नहटेको बैंकरहरू बताउँछन् । अहिले कर्जाको माग उच्च रहेको छ । त्यसैले निक्षेप बढे पनि तरलता अभावको समस्या कायमै रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘अहिले सरकारी खर्च हुन थालेपछि बैंकहरूमा निक्षेप आउन थालेको छ । रेमिट्यान्स (विप्रेषण) पनि आउन थालेको छ । तर, तरलता अभावको समस्या भने कायमै छ,’ उनले भने, ‘अहिले कर्जाको माग निकै उच्च छ । साथै, कर्जा प्रवाह पनि बढेको छ । त्यसैले तरलताको अभाव भएको हो ।’ चाडपर्वका कारण आयात पनि उच्च मात्रामा भएको छ । आयात अझै बढ्ने सम्भावना छ । त्यो आयातका लागि आवश्यक पर्ने पूँजीका लागि सम्बद्ध उद्योग तथा आयातकर्ताबाट कर्जाको माग बढेको छ । फलस्वरूप तरलता अभाव कायमै भएको बताइएको छ । अब विप्रेषण नै तरलता व्यवस्थापन गर्ने उच्च माध्यम हुने उनको भनाइ छ । ‘दशैंले गर्दा गतहप्तादेखि नै विप्रेषण आप्रवाह बढेको जस्तो देखिन्छ । साथै, अबको २ साता पनि उच्च मात्रामा विप्रेषण आउने सिजन हो,’ उनले भने, ‘अपेक्षित मात्रामा विप्रेषण आयो भने तरलता व्यवस्थापनमा सहज हुनेछ ।’ विप्रेषण आप्रवाह बढ्दा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आउने उनको भनाइ छ । त्यो अवस्थामा व्याजदरमा पुनरवलोकन गर्न पनि सहज सकिने दाहालले बताए । गत साता बैंकहरूको कुल निक्षेप ३८ अर्ब १२ करोड रुपैयाँले थपिएको छ, जुन साप्ताहिक आधारमा चालू आवकै धेरै हो । बैंकहरूले तरलता अभाव भएपछि असोज १ गतेदेखि निक्षेपको ब्याजदर बढाएका थिए । तैपनि असोजको पहिलो साता निक्षेप संकलनमा सुधार आएको थिएन । त्यो साता करिब ८ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको थियो । तर, असोजको दोस्रो साता भने निक्षेप सकंलन ह्वात्तै बढेको छ । सरकारी खर्च बैंक निक्षेपको एउटा मुख्य स्रोत हो । तर, प्रतिस्थापन बजेट पारित हुन नसक्दा चालू आवको असोज पहिलो सातासम्म नै सरकारी खर्च हुन सकेको थिएन । फलस्वरूप बैंकिङ तरलतामा समस्या आएको थियो । तर, अहिले प्रतिस्थापन बजेट पारित भएसँगै गत सातादेखि सरकारी खर्च हुने थालेको छ । फलस्वरूप निक्षेप संकलन बढ्न थालेको हो । कर्जा प्रवाह पनि ह्वात्तै बढेको छ । गत साता बैंकहरूले ३९ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो हप्ता बैंकहरूले रू. ३१ अर्ब नयाँ कर्जा प्रवाह गरेका थिए । बैंकहरूको कुल कर्जा प्रवाह भने ३९ खर्ब ४२ अर्ब पुगेको छ ।