नेपाल–भारत सिमानाका सीमास्तम्भ आगामी पाँच वर्षभित्र मर्मत र पुन:स्थापना गरिसक्न दुवै देश सहमत भएका छन् । नेपाल–भारत संयुक्त सीमा कार्यदल समूह (बीडब्लूजी) को नियमित बैठकमा यस्तो सहमति भएको हो ।
वीरगञ्ज (पर्सा)- पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो ।
तेह्र नम्बर गणका गणपति राधेश्याम धिमालले नापी कार्यालयलगायत सम्बन्धित सर...
पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल–भारत सीमा छुट्ट्याउने स्तम्भहरू मर्मत सम्भारको काम सुरु भएको छ । कोशी प्रदेशका ४ सय ८४ सीमा स्तम्भको मर्मत र रंगरोगन सोमबारदेखि थालनी भएको हो ।
कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगनको काम सुरु भएको छ। सशस्त्र प्रहरीले दुई जिल्लाका एक सय ६९ वटा बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा रङरोगन गर्न लागेको हो।
धनगढी उपमहानगरपालिका–९...
कञ्चनपुर । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदैछ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ । सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको […]
जनकपुरधाम। सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशका आठओटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार र पुन:स्थापना शुरू गरेको छ । बिहीवार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ जटही नाका नजिक रहेको सीमास्तम्भ नं २८५/४ बाट मर्मतसम्भार शुरू गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।
प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट बिजोर नम्बरका एक हजारभन्दा बढी सीमास्तम्भको आवश्यकतानुसार पुनर्निर्माण, मर्मतसम्भार र पुन: स्थापनाको काम गरिने शाहको भनाइ छ ।
विसं २०७७ साउन १९ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निर्माण, मर्मतसम्भार र पुन:स्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार र पुन:स्थापनाको काम शुरू गरिइएको उनको भनाइ छ । शाहले भने, ‘यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल—भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्म रूपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौं ।’
त्यसैगरी भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरू सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताए । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार भारतले पनि आवश्यक कार्य अगाडि बढाउने उनको भनाइ छ । यसबाट सीमास्तम्भको मात्र नभई दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका लागि पनि सहयोग पुग्ने उनले बताए ।
कञ्चनपुर : कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत अघि बढाइएको छ। भारतीय सीमा सुरक्षाबल (एसएसबी) को ५७ औं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण रहेका सीमा स्तम्भ मर्मत सम्भार अघि बढाएको हो। भारतीय पक्षले जोर नम्बरका २४ वटा जीर्ण सीमास्तम्भ मर्मत गरिरहेको छ।नेपाल–भारत संयुक्त सीमा बैठकको निर्णयअनुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक सातादेखि सीमा स्तम्भ मर्मत भइरहेको छ।सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सश
गौर–औरैया सीमा क्षेत्रको अन्तिम बिन्दुमा रहेको ३४७ नम्बरको पिलरको जग जीर्ण भइसकेको छ । ईशनाथ–१ स्थित ढल्ने अवस्थामा पुगेको यो सीमास्तम्भ मासेर भारतीयले बोरा राख्न खोज्दा गत वर्ष विवाद भएको थियो । भारतीय पक्षले यो भत्केर जाओस् भनिरहेका बेला रौतहट प्रशासनले भने निगरानी नियमित गरेको छ ।