काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली जनताको हितमा नभएको बताएका छन्। मंगलवार सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन्।
'निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकता अनुसार छैन,' प्रचण्डले भने, 'सामान्य जनताले लड्न सक्ने…