नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
निर्वाचन आयोगले लेखेको पत्रको जवाफ दिनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आयोग पुगेका हुन् ।
प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले निर्वाचन आयोगसँग परामर्शका लागि अध्यक्षद्वय आयोगमा पुगेको जानकारी दिए ।
नेकपा विभाजन भएपछि आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूह पुस ९ गते निर्वाचन आयोग गएको थियो ।