आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…

सम्बन्धित सामग्री

केपी ओलीले पहिलो अध्यक्ष हुँ भन्दै निर्वाचन आयोगलाई थर्काएः माधव नेपाल

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर हुँदै नभएको दाबी गरेको र निर्वाचन आयोगमा गएर थर्काएको आरोप लगाएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई ...

सूर्य चिह्न ल्याउने म ज्युँदै छु, मूल पार्टी हाम्रै हुन्छ– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले २०४८ सालमा सूर्य चुनाव चिह्न आफूले ल्याएको भन्दै सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गरेका छन् ।  उनले प्रतिनिधि सभा पुनःस्थापना हुने र आफूहरूको पार्टी नै मूल पार्टी हुने दाबी गरे ।  शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘निर्वाचन आयोगमा गएर सूर्य चिह्न ल्याउने म ज्युँदै छु । सूर्यप्रति माया ममता कसैलाई छ भने हामीलाई छ, गणतन्त्रको मायाममता कसैलाई छ भने हामीलाई छ ।&rs...

प्रचण्ड र माधव नेपाल पुन: निर्वाचन आयोगमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु निर्वाचन आयोग पुगेको बताइएको छ । संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा ...

निर्वाचन आयोगको प्रस्टीकरण : 'प्रचण्ड-नेपाल पक्षको निवेदन फिर्ता भएको छैन'

निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेजस्तो नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आधिकारिकता दाबीसहित दिएको निवेदन फिर्ता नभएको जनाएको छ । आयोगका सह–प्रवक्ता कोमल धमलाले प्रचण्ड-नेपाल पक्षको निवेदन फिर्ता भएको भन्ने कुरा साँचो नभएको बताए । ‘निवेदन फिर्ता भएको छैन, यो कुरा साँचो हैन,’ लोकान्तरसँग सह–प्रवक्ता धमलाले भने । यसअघि आजै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा आधिकारिकताको दाबीसहित ‘प्रचण्ड’-नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदन रि...

प्रचण्ड-नेपाल पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता गरेको ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।