काठमाडौं । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ । गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष गणेश बस्नेतले कमिटीलाई आज पूर्णता दिएका हुन् । संशोधित विधानअनुसार २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको छ ।