काठमाडौँका सबै सवारी साधनमा तीन दिन जोरबिजोर प्रणाली लागू हुने :: Pahilopost.com

काठमाडौँ : बिम्स्टेक सम्मेलनका कारण काठमाडौँका सबै सवारी साधनमा अर्को हप्ता तीन दिन जोरबिजोर प्रणाली लागू हुने भएको छ।  भदौ १३ गते बुधबार, १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यका भित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागु गर्ने भएको हो। सवारी

सम्बन्धित सामग्री

उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत

जोरबिजोर हट्यो, सवारीको चाप बढ्यो

काठमाडौं, माघ २४ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सडकमा पुनः भिडभाड सुरु भएको छ । आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएसंगै सडकमा सवारीको चाप बढेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी […]

उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

माघ १४, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् ।  ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।    शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

सार्वजनिक सवारी साधनहरुमा कस्तो छ यात्रुहरुको चाप ? (तस्बिरहरु)

काठमाडौँ- कोरोना भाइरस रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा माघ ७ गते मध्यरातिबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू भयो। जोरबिजोर प्रणाली लागू भएसँगै शहरका मुख्य सडकहरुमा सवारी साधनको चाप घटेको छ । जोर बिजोर प्रणाली लागू भएपछि सडकहरुमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरमा सवारी साधन मात्र सडकमा गुडिरहेका छन् । मानिसहरु […]

यातायातमा जोरबिजोरपछि देखिएको काठमाडौंको सडक (फोटोफिचर)

काठमाडौं उपत्यकामा शनिबार बिहानदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ। सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त...

काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली […]

जोरबिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालयलाई यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीहरुले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो । छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरूको भीड

उपत्यकामा माघ ७ गते मध्यरातदेखि यातायातमा जोरबिजोर लागू [सूचनासहित]

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा माघ ७ गते मध्यरातदेखि सबै किसिमको यातायातको साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार उपत्यकाका सीडीओहरूको बैठकले सो निर्णय गरेको हो । निर्णयअनुसार ललितपुर प्रशासनले एक आदेश जारी गर्दै दुई पांग्रेसहित सबै किसिमको सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने जनाएको छ । यस्तै काठमाडौँ र भक्तपुर प्रशासनले पनि सूचना जारी गरेर यसबारे जानकारी गराएका छन् ।  निर्णयानुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सार्वजनिक र निजी सवारी साधन चल्न पाउने छन् । य...

हट्यो जाेरबिजाेर, शुरु भयो जाम (तस्बिरमा हेर्नुहाेस्)

काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । नयाँ आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ । सवारीको ढोकामा स्