तारागाउँको १४८ रोपनी पनि हायातले हडप्ने जोखिम

२९८ रोपनी जग्गा तारागाउँका नाममा फिर्ता ल्याउन संसदीय समितिले साढे दुई वर्षअघि दिएको निर्देशन कार्यान्वयन नै भएन  तारागाउँ विकास समिति (सरकारी)को थप १४८ रोपनी जग्गा पनि बौद्धस्थित हायात होटलले हडप्न सक्ने...

सम्बन्धित सामग्री

१० हजार घर उठिबासको जोखिम

काठमाडौं उपत्यकाका नदी तथा खोलाकिनारबाट दायाँबायाँ थप २०/२० मिटर जग्गामा संरचना बनाउन नपाइने गरी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने हो भने नदीकिनारवरिपरि बसोबास गर्दै आएका १० हजार घरधनी मारमा पर्नुका साथै ५० लाख रोपनी जग्गा प्रभावित हुनेछ।

हेंवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम - NepaliPatra

पाँचथर । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ–ठाउँमा […]

टौदहमा पानीको स्रोत जोगाउन चुनौती

काठमाडौं । साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरू वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि शुरू हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ । ‘पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो,’ टौदह संरक्षणमा लागि परेका रामप्रसाद आचार्य भन्छन्, ‘बर्खामा वरपरका जमीनबाट रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ, त्यसकारण यसमा पानीको सतह बर्खामा बढ्ने र हिउँदमा घट्छ ।’  हाल पानी भरिएको र आसपासको डिल क्षेत्र झण्डै ९२ रोपनीको छ । तर कुनै बेला पानीले ढाकेका स्थानमात्रै ११२ रोपनी थियो, जसको प्रमाण अहिले पनि वरपरका खेतमा भेटिने तालको सीमाका पिलर अझै भेटिने गरेको उनको भनाइ छ । बर्खा र हिउँदको यही चक्रबीच बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई अहिले कीर्तिपुर नगरपालिकाको वडा–६ अन्तर्गत पर्ने भू–भागबाट बगेका पानीले भरिदिन्थ्यो । हिउँद र सुक्खायाममा सतह घट्दै जान्थ्यो र अर्को वर्षामा फेरि उसैगरी सतह बढ्ने क्रम हुन्थ्यो । करीब दुई दशकयता टौदहमा पानी प्रवाह गर्ने जमीनमाथि कंक्रिट संरचना थपिँदै छन्, जसले स्वाभाविक रूपमा टौदहमा जमीन रिचार्ज भएर पुग्ने पानीलाई कम गराउँदै छन् । कीर्तिपुुर नगरपालिकाकै धनी वडा मानिने त्यस क्षेत्रमा प्राकृतिक मुहान मानवबस्तीमा खानेपानी पुर्‍याउनकै लागि ठिक्क बन्दै छन् । नजिकैको खहरे खोला जस्ता स्रोतका पानीमा प्रदूषण बढ्दै जाँदा टौदहमा हुल्न नमिल्ने बन्दै छन् । ‘खहरे खोलाबाट पानी ल्याउन पनि मुहान आसपासका उद्योगका दूषित पानी मिसिएका कारण जोखिम छ । विगतमा जस्तो वर्षामा परेको पानी सतहको जमीनबाट सोझै दहमा जाओस् भन्न पनि सकिन्न,’ आचार्य भन्छन्, ‘घनाहुँदै गरेको बस्तीबीचबाट बग्ने वर्षे पानी प्रदूषित हुने र सोझै दहमा पठाउँदा दह आश्रित माछा, जलचर, चराचुरुंगी लगायत प्राणीलाई असर पुग्न सक्छ ।’ कुनै पनि कारण दहको पर्यावरण खलबलिएमा टौदहको अस्तित्व नै खतरामा पर्ने उनको चिन्ता छ । रासस

भृकुटीमण्डपको खुल्ला बजारमा डेंगुको जोखिम !

काठमाडौं । एउटै छानामुनी न झ्याल, न ढोका, त्यसमाथि प्लास्टिकको छानामूनी १३ सय बढी पसल रहेको काठमाडौंको भृकुटीमण्डप व्यापारीले अमानवीय सास्ती बेहोर्दै आएका छन् । एकछिन किनमेल गर्न जानेका लागि त त्यो ठाउँ उकुसमुकुसपूर्ण रहँदै आएको छ । दिनरात यहि ठाउँमा बसेर समय बिताउने व्यापारीको स्वास्थ्य अवस्था के होला ? ४२ रोपनी बढी जग्गामा सञ्चालन […]

सांसद केसीको प्रश्न : बाढी पहिरो गयो भने सरकारको कुन निकायले हेर्छ ?

नेपाली काँग्रेसका सांसद राजन केसीले बाढी पहिरो रोकथामका लागि सरकारको कुन निकायले हेर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने काठमाडौंको दक्षिणकालीमा सायौ रोपनी जमिन पहिरोको जोखिममा परेको भन्दै त्यसलाई कुन सरकारी निकायले हेर्छ भन्दै प्रश्न गरे । उनले भने– ‘पहिले बाढी पहिरो जस्ता जोखिम रोकथामका लागि जल उत्पन्न प्रकोप रोकथाम भन्ने विभाग पनि थियो । अहिले यो छैन । अरु कुन निकायले हेर्ने हो । नेपालमा खास त्

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो, बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो,’ उनले भने । आगामी दशैंसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् । आइतवारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्‍याएको थियो । बाढीले ठूलो क्षति पु¥याएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोवास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं, करोडौं रुपैयाँ लगानी भइसक्यो । तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ,’ उनले भने । गत शुुक्रवारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौं रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सोमवार बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुंगे पुलमा १५ क्षति भएको छ । रासस

लामो पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

बागलुङ । बागलुङ र पर्वत जोड्नेगरी निर्माण गरिएको नेपालकै लामोे झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरू भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको वर्षाका कारण घरमै बस्न बाध्य आन्तरिक पर्यटकले पुल वरपरको क्षेत्र भरिभराउ हुन थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुलको लम्बाइ ५६७ मिटर रहेको छ । गण्डकी प्रदेशको धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको शहीद उद्यानबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने सो पुलमा अहिले आन्तरिक पर्यटक आउन थालेका हुन् । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो । अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका छन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् । कोरोना जोखिम कायमै रहेकाले पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आएका छैनन् । निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउने बढेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ । पुल निर्माण गर्दा असर परेको शहीद उद्यानमा बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेकाले पनि पर्यटक बढ्न थालेका छन् । साविक धवलागिरि अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहीद उद्यान र लामो पुल भएकाले पर्यटकको भीड लाग्ने गरेको छ । नियमित रूपमा प्रातः तथा सायमकालीन पैदल भ्रमण गर्नेले समेत पुल र उद्यान भरिन थालेको छ ।      ४० लाखमा गत असारमा उद्यानलाई थप सुन्दर बनाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘पुल निर्माण गर्दा उद्यानमा क्षति पुगेकाले आलोचनासमेत खेप्नुपरेको स्मरण गर्दै पुल निर्माणपछि उद्यानलाई पुनः व्यवस्थित गरेका छौं,’ उनले भने ।  रासस

दिनभर डुबेकाे भक्तपुर (फोटो फिचर)

भक्तपुर : अविरल परेको वर्षाले भक्तपुरका केही स्थानमा पहिरो गएको छ भने खोला किनारका बस्ती तथा बालीनाली डुबानमा परेको छ।   त्यस्तै वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले किनारका बस्ती र सयौं रोपनी खेती डुबानमा परेको छ। वर्षा नरोकिएकाले बाढीले थप क्षति गर्ने जोखिम बढेको छ काठमाडौं र भ...

फौजी कीराले मकै नष्ट गर्न थाल्यो

दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी कीराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो कीराले सताउन थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको मकैबारी, तामाकोशी, मेलुङ, कालिञ्चोक र शैलुङलगायतका विभिन्न क्षेत्रमा सो कीराको जोखिम बढ्दै गएको जनाइएको छ । हुर्कंदै गरेको मकैमा कीरा लागेको र सबै पातसहित खाएर मकैबारीमा नै सखाप पार्न थालेको किसानले बताएका छन् । दुई हजार मिटरको उचाइमा रहेको चोथाङमा करिब १५० रोपनी क्षेत्रमा लगाइएको बालीमा कीरा लागेर सबै मकै सखाप पारेको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो ।

लिची पाक्यो तर बन्दाबन्दीले बजार छैन

कृषकको बारीमा अहिले लिची पाक्न सुरु भएको छ । लिची पाक्न सुरु भएपनि बिक्रीको लागि भने बजार बन्द रहेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीको असर कृषकहरुमा परेको छ । त्यसको प्रत्यक्ष उदाहरण तनहुँको देवघाट गाउँपालिका–५ साउनेमा लगाइएको व्यावसायि लिची खेती हो । वडा अध्यक्ष यालबहादुर गुरुङ (विजय) ले ४० रोपनी क्षेत्रफलको जग्गामा तीन सय ५० वटा बोटमा लिची खेती गर्नुभएको छ । अहिले लिची पाक्न सुरु भएपनि बिक्रीको लागि भने बजार बन्द भएको गुरुङले बताउनुभयो ।