डडेलधुरा - सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु पर्वका रुपमा मनाउने गरेका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलिकताअनुसार बिसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोसीले बताउनुभयो ।
सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भइ मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने गरिएको पा...