ओलीको निर्णयविरुद्ध खनाल-नेपाल पक्षको रिट दर्ता भएन

एमाले अध्यक्ष केपी शर्मा ओलीको एकतर्फी निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको झलनाथ खनाल र माधव नेपाल पक्षको रिट निवेदन बुधबार दर्ता हुन सकेन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ यता गरेका निर्णय र आफुहरुलाई सोधेको स्पष्टीकरण विरुद्ध वरिष्ठ नेता खनाल- नेपाल समूह सर्वोच्च अदालत पुगेपछि बुधबार समय अभावका कारण रिट निवेदन दर्ता हुन नसकेको हो ।खनाल-नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराई र शम्भु थापा लगायतका कानुन व्यवसा

सम्बन्धित सामग्री

संवैधानिक इजलासमाथि सरकारी पक्षको पनि प्रश्न

२१ जेठ, काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासको संरचनामाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले पनि प्रश्न उठाएका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा रहने न्यायाधीशको रोष्टरमा रहेका १२ न्यायाधीशमध्ये ११ जना संवैधानिक इजलासमा बस्न नमिल्ने भनेर […]

पदमुक्त भएका जसपाका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चारजना सांसदहरुको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उनीहरुलाई उपेन्द्र यादव पक्षको कारबाहीलाई आधार मानेर वैशाख १६ गते लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरेका थिए। त्यसपछि उनी कानूनी लडाइँ लड्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोजेका थिए। तर, काठमाडौंमा निषेधाज्ञाका कारण रिट दर्ता हुन सकेको थिएन।