बुद्धनगरमा जारी नेकपा एमाले माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक ५५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि केहीबेरलाई स्थगित भएको छ ।
केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिनुपर्ने धारणा राखेका थिए ।
अहिले माधव पक्षको स्थायी कमिटी बसिरहेको छ । केन्द्रीय सदस्यहरूले राखेको धारणाका विषयमा छलफल गर्न स्थायी कमिटी बसिरहेको हो ।
छलफलपछि केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लगिने छ । निर्णय गरेर आज नै केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी रहेको एक नेताले बताए ।...