काठमाडौं : यातायात व्यवस्था विभागले गत जेठ २० गते सूचना जारी गरी साउन १ गतेदेखि सवारीसाधनमा अनिवार्य ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्न भन्यो। प्लेट जडान नगरिएको पाए सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गर्ने चेतावनी समेत विभागले दियो ।विभागले यसअघि पनि पटक-पटक सार्वजनिक सूचनामार्फत अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको थियो। सर्वसाधारणको विरोधका कारण सफल भएको थिएन। अहिले पनि विभागको दबाब र नम्बर प्लेटमा प्रयुक्त भाषाको विषयमा विरोध भइरहेको छ। नम्बर प्ले