ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का परकम्पन गएको त्यहाँको मौसम विभागले जनाएको छ।बिहीबार मध्याह्नमा हुलियान काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा ६ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाएको छ।क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन। ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस रिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका