काठमाडौँ । लामो दूरीको सवारी साधनको भाडा बढ्ने भएको छ। सरकारले भाडा बढाउन सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले आइतबार सूची निकाल्ने भएको छ। मन्त्रीस्तरीय निर्णयले भाडा बढाउन सहमति दिएपछि लामो दूरीका सवारीसाधनको भूगोल हेरी १० देखि १४ प्रतिशतसम्म भाडा बढ्ने विभागले जनाएको छ । पेट्रोल बढेकाले मूल्य बढाउन सहमति दिइएको मन्त्रालयको भनाई छ । […]