प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मुलुकभर वृद्धि भइरहेको आर्थिक अपराधप्रति नेपाल प्रहरी अत्यन्त गम्भीर रहेको बताएका छन् । एकपछि अर्को सहकारी ठगीका घटना बाहिर आइरहेका बेला पोखरामा आइतबार गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले आर्थिक अपराध अनुसन्धान गर्न विशिष्टिकृत ब्युरो स्थापनाको गृहकार्य भइरहेको बताए ।