काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताउनुभएको छ । सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।शुक्रवार काठमाण्डाैमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपाल : अ ह्यूमन ...