गुल्मी – प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्ने बानी बसाल्न आग्रह गर्नुभएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
आईजीपी कुँवरले प्रहरी भौतिकरूपमा साधन र स्रोतमा कमजाेर भए पनि नागरिकलाई सेवा प्रदान गर्ने कुरामा भने सधैँ अब्बल रहेको बताउनुभयो । नागरिकमैत्री भएर काम गर्न उहाँले प्रहरीलाई सुझाव दिनुभयाे ।
जिल्ला प्रहरी कार्यालय गुल्मीकाे परिसरमा पाँच वटा नयाँ भवन निर्माण भ...