मञ्जुश्री फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, १७ जेठ २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार रु. ३७ ले वृद्धि भएको छ । यस दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ६८२ पुगेको हो । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई १८ प्रतिश बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रु. ३७ करोड ५१ लाख नाफा कमाएको छ । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९४ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. १९ करोड ३२ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ३१ दशमलव ४९ रहेकामा चालू आवमा वृद्धि भएर रु. ५१ दशमलव ८२ पुगेको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने वा घट्नेमा अन्योल रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८२ दशमलव ७५ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १९ दशमलव शून्य १ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ६८२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६३० मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य विगत ५९ कारोबार दिनयताकै उच्च कायम रहेको छ ।

सम्बन्धित सामग्री

भाटभटेनीमा मञ्जुश्रीको छुट अफर

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटबीच छुट दिने सम्झौता भएको छ । सो सम्झौताअनुसार असोज ३ गतेसम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपैयाँ भन्दा माथिको बिलको वित्तीय संस्थाको मोवाइल बैंकिङ एपमार्फत भुक्तानी गरेमा १५० देखि ३५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । फाइनान्सले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो […]

मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न, चुक्ता पुँजी १ अर्ब ३५ करोड पुग्यो

मञ्जुश्री फाइनान्सको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७७÷०७८ को लागि प्रस्तावित ६.०० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र ४०.०० प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ।  संस्थाको यस अघि सम्मको चुक्ता पूँजी रु. ९६५,३९४,८९१।– रहेको छ । वोनस शेयर वितरण पश्चात् संस्थाको चुक्ता पूँजी रु. १,३५१,५५२,८४७।– हुने भएको छ । यस फाइनान्सको पौष मसान्त  सम्म  रु. ११ अर्ब १५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि  २२ ओटा शाखा मार्फत नेपाल  भरका प्रमुख शहर हरुमा सेवा पुराउंदै आएको छ । संस्थाको न्युरोड काठमाण्डौ ,नारायणगढ,  बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा, बिरगंञ्ज, मुर्गिया, योगिकुटी, मनीग्रम, भैरहवा, गैडाकोट, भरतपुर, टाडी, पर्साबजार, इनरुवा, झुम्का तथा बिराटचोक शाखाबाट कारोबार गरि रहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो साथै निकट भविष्यमा संचालनमा आउने शाखा कार्यालय चावहिल, गोगबु तथा कलंकी शाखाहरु हुन् ।

मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा

भदौ ३०, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आउने भएको छ ।  मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर कात्तिक ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आउन लागेको हो ।  मञ्जुश्री फाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. २७५ र ज्योति विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १८५ तोकिएको छ । यो शेयर खरीदका लागि कम्पनीहरुका विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

नेप्सेद्वारा दुई कम्पनीको ऋणपत्र सूचिकृत

काठमाडौं, ३१ चैत्र । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज ऋणपत्र सूचिकृत गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ‘८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र र मञ्जुश्री फाइनान्स लिमिटेडको ‘९ दशमलव ५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ […]