दीर्घ रोगीलाई सरकारले मासिक ५ हजार दिने

काठमाडौँ- सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने बताएका हुन्। सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोष्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको थियो। केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो।

सम्बन्धित सामग्री

व्याकुल माइलालाई मासिक ५० हजार भत्ता

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु. ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु. २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना […]

सरकारले व्याकुल माइलालाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक रु ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार …

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई सरकारले मासिक ५० हजार भत्ता दिने

काठमाडौं : सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रूपैयाँ भत्ता दिने निर्णय गरेको छ।असाेज ७ गते बसेकाे मन्त्रिपरिषद बैठकले राईलाई मासिक ५० हजार भत्ता दिने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले जानकारी दिए।सरकारले यसअघि राईलाई सहज जीवनयापनका लागि मासिक २५ हजार दिँदै आएको थियो। सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट

सरकारले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको मासिक भत्ता ५० हजार पुर्‍यायो

काठमाडौं । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । उनको सहज जीवनयापनका लागि भन्दै सरकारले अहिले २५ हजार रुपैयाँ भत्ता दिंदै आएकोमा त्यसमा थप गरी ५० हजार रुपैयाँ पुर्‍याएको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

मधेस सरकारले सहिद परिवारलाई मासिक २१ हजार रुपैयाँ दिने

मधेसी दलको नेतृत्वमा भएको मधेस आन्दोलन र माओवादीले गरेको १० वर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई मधेस सरकारले मासिक २१ हजार रुपैयाँ दिने निर्णय गरेको छ।...

सरकारले दिने मासिक ५ हजार यस्ता बिरामीले नपाउने

काठमाडौं : सरकारले गम्भीर प्रकारका दीर्घ रोग (मिर्गौलासम्बन्धी, क्यान्सर र मेरुदण्डको पक्षघात) का बिरामीलाई मासिक ५ हजार रूपैयाँ दिने निर्णय गरेको छ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि बनाएर पारित गरिसकेको छ। यो कार्यविधि पारित भएसँगै अब मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएर उपचार गराइरहेका बिरामीले यही महिनादेखि मासिक ५ हजार पाउने भएका छन्। यसका लागि मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका सरकारलाई परिपत्र गरिसकेको छ।स्वास्थ्यमन्त्री विरोध खतिवडाले

सरकारले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

काठमाडौं । सरकारले चार प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई […]

दीर्घरोगीलाई सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता दिने

काठमाडौँ– सरकारले दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ खर्च दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र हृदयाघातका बिरामीलाई ‍औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको जानकारी दिएका हुन्। परिवर्तनविरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि […]

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

१५ जेठ, काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब […]