काठमाण्डाै – सरकारले क्यान्सर, मिर्गौला, गम्भीर मेरुदण्ड पक्षघातलगायतका दीर्घ रोगीलाई महिनाको पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने भएको छ ।आज शुक्रवार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालको चुनावअघि निर्णय गरे पनि कार्यान्वयनमा नगएको दीर्घ रोगीलाई भत्ता दिने योजना यस पटक बजेटमार्फत आएको हो । यो योजनालाई चुनावपछि बनेको केपी शर्मा ओली...