जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छन् । नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदको बारे भने अझै अन्योल रहेको छ । भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ । दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ