दोलखा – पहिलो पटक २०७६ जेठ २२ मा दोलखाको लप्चीमा हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यस्तै दोस्रो पटक २०७६ पुस २० मा रोल्वालिङ उपत्यकामा पनि हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यी दुवै ठाउँ गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्दछन् । २०६६ पुस २७ मा घोषणा भएको यो क्षेत्रमा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका दुई हजार एक सय ७९ वर्ग किलोमिटर भूमि समेटिएको छ । नेपाल सरकारले गौरीशङ्कर संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मा २० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ । संरक्षण क्षेत्र स्थापना भएको दशौँ वर्षमा विश्वमै ...