एमसीसीको विरोधमा काठमाडौंमा मशाल जुलुश निकालियो (फोटोफिचर)

काठमाडौं, ३ माघ । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा पाँच राजनीतिक दल र एक मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको अघिल्लो दिन आज (मंगलबार) नै ६ दलनिकट भातृ संगठनहरुले मशाल जुलुस निकालेका छन् । उनीहरुले आज साँझ बागबजारमा मशाल जुलुश निकालेका हुन् । पाँच कम्युनिस्ट पार्टी र एउटा […]

सम्बन्धित सामग्री

गृहमन्त्रीको राजीनामा माग गर्दै मशाल जुलुस प्रदर्शन

पछिल्ला भ्रष्टाचारमा काण्डहरू र बालकुमारी घटनको संयुक्त रुपमा विरोध जनाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रबिसं नेपालले राजधानीमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।...

बागलुङमा निर्वाचन बहिष्कार गर्ने १३ जना पक्राउ

बागलुङ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल) का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन्।कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिस्कार कार्यक्रमको कोण सभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बताए।कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक

निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङको जैमिनीबाट पक्राउ

२९ कात्तिक, बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु […]

मसालबाट विभाजित पक्षले ब्युँतायो नेकपा मशाल

३ कात्तिक, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मसाल) बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशाल (मोटो मशाल) का रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो । महाधिवेशनले सन्तबहादुर नेपालीलाई महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति घोषणा […]

मशाल महासचिवमा नेपाली चयन

नेकपा (मसाल) को एक समुहले विशेष महाधिवेसन आयोजना गरी नयाँ पार्टी मोटो मशाल (नेकपा मशाल) घोषणा गरेको छ । सो पार्टी औपचारिक रुपमा विभाजित भएको हो ।

एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले निकाल्यो मशाल जुलुस(फोटोफिचर)

काठमाडौँ, १२ फागुन। अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बागबजारदेखि आरआर क्याम्पससम्म मशाल जुलुस निकालेको थियो। हिजो (बुधबार) बेलुका अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले एमसीसीविरुद्ध जुलुस निकालेको थियो। आज १२ गतेबाट संसदमा एमसीसी छलफल सुरु हुने भनिएको एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले हिजो मसाल जुलुससहित […]