बारा– निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा आइतवार साँझ निजगढमा स्थानीय युवाहरुले मशाल जुलुस प्रदर्शन गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्चको आयोजनामा युवाहरुले निजगढस्थित पूर्वपश्चिम लोकमार्गको विभिन्न स्थानबाट मशाल जुलुस प्रदर्शन गरेका हुन् । मशाल जुलुस नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएपछि युवाहरुले नगरका विभिन्न स्थानबाट मशाल […]