कञ्चनपुरको वेदकोट-८ मा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार

पुष्कर भट्ट, महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा वेदकोट नगरपालिका–८ को ५ नम्बर टोल भेला सम्पन्न भएको छ । आइतबार भएको भेलाले टोल समिति गठन गरेको छ । भेलाले दलबहादुर खडायतको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा महेश डगौरा, सचिव राजेश डगौरा र कोषाध्यक्षमा नारायण डगौरा रहनु भएको छ। समितिको सदस्यहरुमा भरत डगौरा, जगदीश डगौरा, सुरज डगौरा, समिर डगौरा, संजिव डगौरा, लक्ष्मी डगौरा, मनिषा डगौरा, संगिता डगौरा, तुलसी डगौरा, विरबाहादुर सार्की, जनक धामी र दुइ सदस्य रिक्त गरि १७ सदस्यीय समिति गठन गरेको हो । राजमो नेता दलबहादुर खडायतको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथी अखिल (छैठौं)का महासचिव महेशराज जोशीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै राजमो नगर समिति सदस्य दुर्गा नाथ, अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्ट, अखिल नेपाल युवक संघ प्रदेश सदस्य भुपेन्द्र भण्डारी, ‌राजमो नेता मानबहादुर टेर, युवा नेता अशोक बोहरा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । युवक संघका नेता भुपेन्द्र भण्डारीको सञ्चालनबाट अघि बढेको कार्यक्रममा राजमो नेता मानबहादुर टेरले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान

राजविराज । नेपाल विद्यार्थी संघले जिल्लाको सबै पालिका तथा विद्यालय र कलेजमा संगठन विस्तार गर्ने अभियानको शूरुवात गरेको छ । अभियानको बुधवार सदरमुकाम राजविराजबाट शूरुवात गरिएको हो । नेपाली काँग्रेसका युवा नेता तथा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा राजविराज नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदको उम्मेदवार रहेका मो.इरसाद अन्सारी तथा नेविसंघका जिल्ला अध्यक्ष राकेश कुमार ठाकुरको […] The post गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशभर संगठन विस्तार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, यस्तो छ तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन विस्तार गरिने उल्लेख छ। साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने पार्टीको तयारी छ।

राप्रपा नेपालबाट संगठन विस्तार कार्यलाई तीव्रता

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चार वटा जिल्लाको नेतृत्व चयन गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई तीव्रता दिएको हो । शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय कार्य समिति गठन गरेको हो । त्यस्तै राप्रपा […]

पेसागत संगठन विस्तार गर्दै एमाले

सीपी लोहिया नेकपा एमालेको शुभेच्छुक संगठनका रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठन पाटन बैतडीको नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले बिस्ना भण्डारीको अध्यक्षतामा २९ सदस्यीय पालिका कमिटी गठन गरेको छ । आजै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर कमिटी पनि गठन गरेको छ । जस अनुसार बीर बहादुर खातीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । यसैगरी स्थानीयतह कर्मचारी हकहित मञ्चको पनि पालिका कमिटी पनि गठन गरिएको छ । बिर्खराज भट्टको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो । नगर

अनेरास्ववियू (क्रान्तिकारी)ले असोजमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) निकट अनेरास्ववियू (क्रान्तिकारी )ले  ०७८ सालको असोज   ८ , ९  र १० गते २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले सो निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। क्रान्तिकारीले दुई महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान मार्फत ५ लाख सदस्यता वितरण गर्ने निर्णय गरेको छ । विस्तारित वैठकमै अध्यक्ष रञ्जित तामाङद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव सर्वसम्मतिले पारित ...

तिलोत्तमा–२ मा राजमोको संगठन विस्तार

बुटवल । राष्ट्रिय जनमोर्चा रूपन्देही जिल्ला समिति अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं. २ को भेला सम्पन्न भएको छ। आज सम्पन्न ‘संगठन र संघर्ष’ कार्यक्रम अन्तरगत नगर अध्यक्ष रूकबहादुर पराजुली, उपाध्यक्ष हर्कबहादुर टण्डन र राजमो गुल्मीका उपाध्यक्ष रामेश्वर खत्रीको बिशेष उपस्थितिमा सम्पन्न भएको हो। सोहि भेलाले वडा समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा लक्ष्मण पाण्डे, उपाध्यक्ष रेशम घिमिरे,सचिव गणेश पौडेल र कोषाध्यक्षमा खिमकुमारी खत्री चयन हुनुभएको छ । सदस्यहरूमा नुमा जिएम, कमला पोख्रेल, टंक आचार्य, कल्पना टण्डन, दयाराम तिमिल्सिना,जुना भण्डारी, बिष्णु पाण्डे तथा सल्लाहकारमा हर्कबहादुर टण्डन, दयानिधी पौडेल र महेश जिसी रहनु भएको छ।

सुस्ता र सुनवलमा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार

नवलपरासी । राष्ट्रिय जनमोर्चा नवलपरासीले ‘संघर्ष र संगठन अभियान’ जारी राखेको छ । अभियान अन्तरगत सुस्ता र सुनवलमा राजमोको संगठन निर्माण भएको छ । परिचालन समिति क्षेत्र नं– १ को आयोजनामा सुस्ता गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले राजेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सात सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा वेदप्रसाद भण्डारी, सचिव ताराप्रसाद रेग्मी र कोषाध्यक्षमा सोमनाथ भण्डारी चयन हुनु भएको छ । सदस्यहरुमा दुर्गाप्रसाद रेग्मी, कृष्णप्रसाद शर्मा कँडेल र लिलाकण्ठ ढकाल रहनुभएको छ । भेलालाई राजमो जिल्ला सल्लाहकार तथा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम रानाले सम्बोधन गर्दै सफलताको शुभकामनाका दिनुभएको थियो । त्यस क्रममा उहाँले समसामयिक विषयमा प्रशिक्षणसमेत दिनु भएको थियो । यस्तै, राजमो बर्दघाट नगरपालिका उपाध्यक्ष गणेश आचार्यले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिनु भएको थियो । त्यस्तै, सुनवल–६ को बिशासय गोलघाटमा राजमोको टोल समिति गठन भएको छ । ‘संघर्ष र संगठन’ परिचालन समिति क्षेत्र नं.२ को आयोजनामा सुनवल वार्ड नं.६ बिशासयको गोलघाटमा भेला सम्पन्न भएको हो । भेलाले हरिलाल घिमिरेको अध्यक्षतामा सात सदस्यीय गोलघाट टोल समिति गठन गरेको छ । जसको सचिवमा सीता खत्री, कोषाध्यक्षमा कर्णबहादुर कार्की, सदस्यहरुमा लक्ष्मी नेपाली, गंगा पाण्डे घिमिरे, तेजबहादुर परियार लगायत रहनु भएको छ । भेलालाई राजमो नेता कृष्णराज पौडेलले सफलताको शुभकामना सहित समसामयिक विषयमा प्रशिक्षण दिनु भयो । यसैगरी जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । साथै भेलामा राजमो जिल्ला सदस्यद्वय रेवति घिमिरे र नरेन्द्र विकको समेत उपस्थित थियो ।

बाराको ठाउँ-ठाउँमा राजमोको संगठन विस्तार

हरिप्रसाद सापकोटा, बारा । राष्ट्रिय जनमोर्चा बारराले जिल्लाका विभिन्न स्थानमा संगठन निर्माणमा तीब्रता दिएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको संघर्षमा सक्रिय रहेको राजमोले संगठन बिस्तारलाई पनि सँगगसँगै अगाडि बढाएको हो । संगठन परिचालन समितिका संयोजक जीवनकुमार भट्टराईको नेतृत्वमा जितपुर सिमरा उप–माहानगर अनतर्गतका विभिन्न वडाका टोलहरुमा राजमोले समिति निर्माण गरेको छ । अभियान अन्तर्गत वडा नं ११ स्थित अमाडारको हनुमान मन्दिर टोलमा लक्ष्मी पासवानको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गोधन ठाकुर, सचिव पर्सुराम मुखिया, कोषाधक्ष्य पुनकलि पासवान र सदस्य रामधार पासवान तथा २ स्थान रिक्त रहने गरी ७सदस्यीय समिति गठन भयको समितिको सदस्यमा उदयनारायण खाँ थारु रहनु भएको छ। यता, वडा नं ४ औराहामा राजमोको वडा भेला सम्पन्न भएको छ । भेलामा संगठन परिचालन संयोजक जीवन भट्टराई, अखिल नेपाल महिला संघका जिल्ला सचिव सिर्जना शर्मा, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कूलप्रसाद आचार्य, नेकपा (मसाल) बारा जिल्ला प्रवक्ता रमेस भट्टराई, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हरिप्रसाद सापकोटाअखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष धर्मानन्द सुवेदी र राजमो २नं प्रदेस कोषाध्यक्ष शेरबहादुर कार्कीले समसामयिक विषयमा विचार राख्नु भएको थियोे । पुष्पा आचार्यको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मित्र शर्मा पौडेलले गर्नुभएको थियोे । भेलाले ७ सदस्यीय वडा समिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिको अध्यक्षमा हरि पौडेल, उपाध्यक्ष गोबिन्द आचार्य, सचिव मित्र शर्मा पौडेल र कोषाध्यक्ष विस्णु आचार्य रहनुभएको छ भने सदस्यहरु दुर्गा पौडेल, विस्णुदेबि खनाल, नवीन पौडेल तथा सल्लाकार संयोजक टङ्क ढकाल, सदस्य पुस्पा आचार्य र डन्डपाणी आचार्य रहशनुभएको छ ।

गढवा ६ मा राजमोको संगठन विस्तार

दिनेश रैदास, दाङ । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं । विघटित संसदको पुनर्स्थापना र संघीयताका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले सञ्चालन गरिरहेको ‘संघर्ष र संगठन’ अभियान अन्तर्गतका कार्यक्रमहरु जारी छन् । अभियान अन्तर्गत गढवा गाउँपालिका वार्ड नं ६ को वार्ड स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले शारदा चौधरीको अध्यक्षतामा नौ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष शिवा कुमारी चौधरी, सचिव रमीलाल चौधरी, कोषाध्यक्ष प्रतिमा चौधरी र सदस्यहरुमा ठागुरम चौधरी, फरारी चौधरी, महेन्द्र चौधरी चयन हुनु भएको छ भने दुई स्थान रिक्त राखिएको छ। शारदा चौधरीको अध्यक्षता, प्रतिभा चौधरीको सञ्चालन र रमिलाल चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य कपिलदेव खनालले कार्यक्रमका उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । भेलामा राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका वार्ड नं ७ का अध्यक्ष खुमानन्द, नारायण पण्डित, ठागुराम चौधरी, महेन्द्र चौधरी लगायत नेताहरुले शुभकामना दिनुभएको थियो ।

गौरिगंगामा राजमोको विरोध सभासँगै संगठन विस्तार

कैलाली । राष्ट्रिय जनमोर्चा कैलालीको आयोजनामा आज गौरिगंगा नगरपालिका वार्ड नं ६ मा संसद विघटनविरुद्ध विरोध सभा सम्पन्न भएको छ । राजमो जिल्ला सल्लाहकार खकेन्द्र बुढाको सभापतित्व तथा अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य उमेश कंडेलको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा राजमो प्रदेश सदस्य लक्षिराम आचार्य, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही र स्थानीय नेता तुलसीराम चौधरीले सम्बोधन गर्नु भएको थियो । आजै दैद्वारी टोलमा तुल्सिराम चौधरीको अध्यक्षतामा १५ सदस्यीय राजमोको टोल समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा राजकुमार चौधरी, सचिवमा कमला चौधरी, सहसचिवमा फिरु चौधरी, कोषाध्यक्ष हरिलाल चौधरी र सदस्यहरुमा हरिराम चौधरी, हरि प्रसाद चौधरी, सिताराम चौधरी, मनिसा चौधरी, बुधराम चौधरी, करन चौधरी, सुन्नदरकलि चौधरी र हरि चौधरी रहनु भएको छ । यो पनिः  कैलालीमा मसाल जुलुससहित विरोधसभा सम्पन्न कैलालीको दुर्गौली र लम्कीमा राजमोको विरोध सभा कैलालीको बौनियामा राजमोको विरोध सभा टिकापुरमा राजमोको विरोध सभा राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु  कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम