संयुक्त राष्ट्रसंघका सदस्य देशहरु समुद्रमा जैविक विविधताको संरक्षणका लागि सम्झौता गर्न फेरि पनि असफल भएका छन् । समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको दुई हप्ता लामो वार्ता आशा गरिए विपरीत सकिएको समाचार संस्था एएफपीले जनाएको छ ।
न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा अगस्ट १५ मा सुरु भएको बैठकबाट राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी सहमती जुट्नेमा धेरै आशावादी रहेका थिए । बढ्दो पर्यावरणीय र आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न सम्झौताका लागि सहभागीहर...