बेदकोट (कञ्चनपुर), ५ मङ्सिर । पुष्प खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान त्यसतर्फ आकर्षित भएका छन् । सरकारले प्लास्टिक माला प्रयोगमा प्रतिबन्ध गर्दा फूल आयातमा रोकिएपछि फुलको बिक्री बढ्ने भएपछि किसान त्यसतर्फ आकर्षित भएको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले बताए । “पुष्प खेती गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसबाट मुनाफा पनि […]
काठमाडौँ – कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको […]
जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ । खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन्।जुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा
धनकुटा । धनकुटामा पछिल्ला बर्षहरुमा एभोकाडो खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ । तीन बर्ष अघि एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिका सहित जिल्लाका अन्य स्थानका किसान समेत एभोकाडोको खेती तर्फ आकर्षित भएका हुन् । धनकुटा नगरपालिकामा मात्र गएको ४ बर्षमा खेतीको क्षेत्रफल २ सय प्रतिशतले बृद्धि भएको छ भने फल दिने बोटको संख्या […]
धनकुटा । सलादको रुपमा बढी प्रयोग हुने गाँजर खेतीमा पछिल्लो समय धनकुटाका किसान समेत गाँजर खेती गर्न तर्फ आकर्षित हुन थालेका छन् । बजारको समस्या नभएको र राम्रो आम्दानी हुने भएकाले यस तर्फ किसानको आकर्षण बढेको हो । पकेट क्षेत्र नै घोषित धनकुटा नगरपालिकाको चोक्रोक, स्कुुलडाँडाँ र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानमा समेत किसानहरु गाँजर […]
इलाम । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् ।
खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन् । प्राय: सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताए ।
सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन् । बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन् । चुरे क्षेत्रका किसानले सुपारी बेचेर वार्षिक ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
सुपारी काँचै विक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन । रोङ गाउँपालिका–२ ले सुपारीको खपटाबाट टपरी बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्दछ । रासस
स्याउखेती जुम्लाको आर्थिक विकासको बलियो स्रोतमध्ये एक हो । यहाँका हजारौं किसान स्याउखेती गरेरै घरखर्चदेखि छोराछोरी पढाउने गर्छन् । बजारमा जुम्ली स्याउको माग बढ्दो छ । किसान पनि स्याउखेतीतर्फ आर्कषित छन् भने, स्याउखेतीको क्षेत्र पनि विस्तार हुँदै गएको छ । तर खेतीमा किसानको आकर्षण, बाह्य बजारमा बढ्दो माग भए पनि दुई वर्षयता जुम्ली स्याउको उत्पादन […]
भोजपुर : राम्रो आम्दानी लिन सकिने भएपछि भोजपुरका किसान लाहा खेतीमा आकर्षित भएका छन्। गत वर्षदेखि डिभिजन वन कार्यालयले लाहा खेती विस्तार गरेसँगै स्थानीयमा आकर्षण बढेको हो।लाहा खेतीलाई विस्तार गर्नको लागि वन कार्यालय भोजपुरले अरुण गाउँपालिकाका सुक्खाग्रस्त क्षेत्रलाई छानेको छ। जुन क्षेत्रमा खयर, बयरलगाएतका वनस्पति प्रशस्त मात्रामा रहेका छन्।खयर, बयरसँगै झापाबाट लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको विरुवासमेत वितरण गरिएको छ। लाहालाई अझ विस्तार गर्न स्थानीयको माग र आवश्यकताको आधार यस्ता विर
डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो ।
डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।
आठ वर्ष पहिले परीक्षणका...
दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरेर रेशम धागो उत्पादन गरी रेशम खेती गरिन्छ । देउखुरीको हडैया गाउँमा १० कृषि फर्म स्थापना भएर व्यावसायिक ‘सेतो सुन’को खेती भएको छ ।
यसबाट अर्थोपार्जनसंँगै वातावरण पनि संरक्षण हुन्छ । किम्बुका बिरुवा रोपिएको वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । र...