भोजपुर : राम्रो आम्दानी लिन सकिने भएपछि भोजपुरका किसान लाहा खेतीमा आकर्षित भएका छन्। गत वर्षदेखि डिभिजन वन कार्यालयले लाहा खेती विस्तार गरेसँगै स्थानीयमा आकर्षण बढेको हो।लाहा खेतीलाई विस्तार गर्नको लागि वन कार्यालय भोजपुरले अरुण गाउँपालिकाका सुक्खाग्रस्त क्षेत्रलाई छानेको छ। जुन क्षेत्रमा खयर, बयरलगाएतका वनस्पति प्रशस्त मात्रामा रहेका छन्।खयर, बयरसँगै झापाबाट लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको विरुवासमेत वितरण गरिएको छ। लाहालाई अझ विस्तार गर्न स्थानीयको माग र आवश्यकताको आधार यस्ता विर