महको मूल्य बढ्दै, उत्पादन घट्दै

पकेट क्षेत्र मानिएको क्षेत्रमै यस वर्ष मह उत्पादन घटेको छ । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी जोन कार्यक्रम सञ्चालन गरेर किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ तर मह उत्पादन भने घटेको छ । जाजरकोटमा गत वर्ष करिब १० टन मह उत्पादन भएकामा यस वर्ष एक टन मात्र उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताउनुभयो ।

सम्बन्धित सामग्री

चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रूपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको […]

चैतेधानको क्षेत्रफल र उत्पादन दुवै घट्दै

काठमाडौं । चैते धान उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला वर्षमा चैतेधान उत्पादन हुने क्षेत्रफल र यसको उत्पादन घट्दै गएको पाइएको हो । सिँचाइ अभावले चैतेधान उत्पादनतर्फ किसानको आकर्षण नबढेको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा १ लाख २० हजार ४२ हेक्टर जमीनमा गरिएको खेतीबाट ५ लाख ६१ हजार १ सय ९७ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । आव २०७९/८० मा उत्पादन क्षेत्रफल ११ हजार ४ सय ३५ हेक्टरले घटेर १ लाख ८ हजार ६ सय ७ हेक्टरमा सीमित भएको छ । यसवर्ष चैतेधानको उत्पादन पनि २० हजार ८ सय ६६ मेट्रिक टनले घटेर ५ लाख ४० हजार ३ सय ३१ टन कायम भएको छ । चैतेधान उत्पादन घट्दै जानुमा सरकार नै प्रमुख कारणका रूपमा रहेको राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले बताए । उनका अनुसार चैतेधानको पनि समर्थन मूल्य तोकेर त्यसको सही कार्यान्वयन गर्दै समयमै सरकारले नै खरीद गर्ने व्यवस्था मिलाउन सके र मल, बीउ, सिँचाइको सुविधा दिन सके किसानले उत्पादनमा जाँगर देखाउनेछन् । प्रदेशगत रूपमा सबैभन्दा बढी चैतेधान उत्पादन प्रदेश १ मा हुने गरेको तथ्यांकले देखाएको छ । यहाँ ५८ हजार हेक्टर जमीनमा चैतेधान खेती हुन्छ । उक्त क्षेत्रफलको खेतीबाट ३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यो कुल उत्पादनको आधाभन्दा बढी हो । कर्णाली प्रदेशमा सबैभन्दा कम चैतेधान उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । कर्णालीमा १ सय ९१ हेक्टर जमीनको खेतीबाट करीब साढे ८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको छ । सरकारले चैतेधान उत्पादनमा सम्भावना राम्रो रहेको बताए पनि किसानको आकर्षण घट्दै जानुमा सिँचाइको अभाव प्रमुख कारणका रूपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘धानबालीका लागि नियमित सिँचाइ हुनु अपरिहार्य हुन्छ तर चैतेधान रोप्ने समयमा आकाशबाट पानी पर्दैन । जहाँ कुलो वा नहरको व्यवस्था हुन्छ त्यस्तो ठाउँमा मात्रै चैतेधान खेती हुन्छ,’ उनले भने । चैतेधानको समयावधि (धान रोपेदेखि पाक्ने समय) पनि वर्षे धानको भन्दा करीब ३० दिन बढी हुने भएकाले अर्को बालीलाई असर गर्ने समस्या धेरै हुन्छ । यसले गर्दा किसानले यसको खेती कम गर्छन् । वर्षेधान पाक्ने न्यूनतम समय १ सय २० दिन हो भने चैतेधान पाक्ने समय १ सय ५० दिन हो । यसका साथै चैतेधानमा ओसिलोपन बढी हुने हुँदा सुकाउन प्रशस्त समय चाहिन्छ । चैतेधान थ्रेसिङ गरेर सक्नेबित्तिकै किसानले वर्षे धानका लागि तयारी गर्नुपर्ने हुन्छ । यसले गर्दा धान सुकाउन किसानलाई समय हुँदैन । चाँडो सुकाउने मेशिनको अभाव छ । उत्पादन सम्भावनातर्फ हेर्दा अहिलेकै अवस्थामा पनि १ लाख हेक्टर क्षेत्रफल बढाउन सकिने अवस्था छ । तर, विभिन्न समस्याका कारण उत्पादन बढाउन नसकिएको सञ्जेल बताउँछन् ।

सल्यानमा महको मूल्य बढ्दो, उत्पादन भने घट्दो

सल्यान : सल्यानमा वर्षेनी महको उत्पादन घट्दै गएको छ। महको मूल्य बढ्दै जाँदा उत्पादन भने वर्षेनी घट्दै जान थालेको छ। चरन क्षेत्र अभाव, बालीनालीमा विषादी प्रयोग, जलवायु परिवर्तनको प्रभाव लगायतका कारण वर्षेनी महको उत्पादन घट्दै गएको किसानहरूको भनाई छ।चरन क्षेत्रको अभाव हुँदै जानु र साउनमा लगातार वर्षा हुँदा मह उत्पादनमा निकै कमी आएको कालिमाटी गाउँपालिका-२ झिगानेका लोकेन्द्र वलीले बताए। चिउरी फुल्ने समयमा लगातार वर्षा हुँदा फूलको रस पानीले यस वर्ष महको उत्पादन धेरै घटेको उनको भनाई छ।&

बजार नपाउँदा अदुवाखेतीबाट विमुख हुँदै सल्यानी किसान

सल्यान : नगदेबालीको रुपमा रहेको अदुवाको उत्पादन घट्दै जान थालेको छ।सल्यान बोसे जातको अदुवाले समेत परिचित रहेको छ तर उचित मूल्य नपाउँदा तथा समयमै बिक्री नहुँदा कृषकहरू अदुवा खेतीबाट विमुख हुँदै जान थालेका छन्। त्यसमाथि जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा पनि व्यावसायिक अदुवा खेती गर्ने किसानलाई बाली लगाउन छाड्नुपर्ने बाध्यता छ।किसान प्रतिकिलो २० देखि २५ रूपैयाँसम्ममा अदुवा बिक्री गर्न बाध्य भएका छन्। यस वर्ष २० क्विन्टल अदुवा उत्पादन गरे पनि भनेजस्तो मूल्य नपाएको शारदा नगरपालिका-

घट्दै छ भारतीय बजारमा नेपाली बिजुलीको निर्यात र मूल्य

उत्पादन नभएपछि पुसपछि निर्यात बन्द हुने भारतीय बजारमा नेपाली बिजुलीले पाउने मूल्य क्रमशः घट्दै गएको छ । सुरुवाती चरणमा नेपाली बिजुली भारतीय खुला बजारमा अधिकतम मूल्यमा बिक्री भएको थियो । तर, पछिल्लो समय...

जुटखेतीमा किसानको आकर्षण घट्दै

तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया,

औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दो

बारा – जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दै गएको छ। जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो । ‘बाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि […]

वर्षेनी घट्दै औषधिजन्य जडीबुटीको उत्पादन

बारा- जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै गएको छ । जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो । ‘बाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी […]

निरन्तर घट्दै नगदे बालीको मूल्य

निर्यातका लागि भारतीय बजारको भर पर्दा नगदेबालीले मूल्य पाउन छाडेको छ। भारतीय बजारको भरपर्दा अलैंची, अदुवा, अम्रिसो कुचो र चिराइतोको मूल्य बर्सेनि गिरावट भइरहेको छ। नेपालमा उत्पादन भएका नगदेबाली काँकडभिट्टा नाका हुँदै भारत जाने गरेको छ।  ‘अलैंचीको मूल्य ७ वर्षअघिको तुलनामा आधाभन्दा तल झरेको छ,’ अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारी भन्छन्, ‘अरू बालीको अवस्था पनि उही छ।’ मूल्य घटेसँगै खरिद बिक्रीमा समेत समस्या हुन थालेको उनले बताए। भारतीय बजारको विकल्प नभएपछि मूल्य निर्धार...

अण्डाको मूल्य हालसम्मकै उच्च, कति छ प्रतिक्रेट?

काठमाडौं। कुखुराको मासुको मूल्य घट्दै जाँदा अण्डाको मूल्य भने निरन्तर बढ्न थालेको छ। नेपाल अण्डा उत्पादक संघकाअनुसार अण्डाको मूल्य आज अहिलेसम्मकै उच्च कायम भएको छ। जसअनुसार, आज प्रतिक्रेट अण्डाको मूल्य ३७० रुपैयाँ पुगेको छ। यस्तै, मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३४० पुगेको छ। उत्पादन लागत नै बढेकाले उपभोक्ता मूल्य बढेको संघको भनाइ छ।