निर्यातका लागि भारतीय बजारको भर पर्दा नगदेबालीले मूल्य पाउन छाडेको छ। भारतीय बजारको भरपर्दा अलैंची, अदुवा, अम्रिसो कुचो र चिराइतोको मूल्य बर्सेनि गिरावट भइरहेको छ। नेपालमा उत्पादन भएका नगदेबाली काँकडभिट्टा नाका हुँदै भारत जाने गरेको छ।
‘अलैंचीको मूल्य ७ वर्षअघिको तुलनामा आधाभन्दा तल झरेको छ,’ अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारी भन्छन्, ‘अरू बालीको अवस्था पनि उही छ।’ मूल्य घटेसँगै खरिद बिक्रीमा समेत समस्या हुन थालेको उनले बताए। भारतीय बजारको विकल्प नभएपछि मूल्य निर्धार...