काठमाण्डाै – नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको सालिक निर्माण गरिने भएको छ । बस्न्यातले वीरगति प्राप्त गर्नुभएकाे शङ्खरापुर नगरपालिका–३ जहरसिंहपौवामा निर्माण हुन लागेको सालिकको आज बिहीवार प्रधानसेनापति पूर्णचन्द्र थापाले शिलान्यास गर्नुभयो ।
त्याे ठाउँमा उहाँको पूर्णकदको सालिकसँगै एकीकरण सङ्ग्रहालय र उद्यानसमेत निर्माण हुने छ । सालिक, सङ्ग्रहालय र उद्यान निर्माणका लागि वडा कार्यालयले साँढे दुई रोपनी जग्गा उपलब्ध गराएको छ ।
शिलान्यास कार्यक्रममा प्रधानसेनापत...