हाम्रो नेपाली पार्टीबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका दुर्गा प्रसाद बन्जाडेलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।पार्टीको चिह्नबाट उम्मेदवार बनेका बन्जाडेले स्वतन्त्र उम्मेदवार हुँ भनेर जनतालाई भ्रममा पारेको पाइएको भन्दै आयोगले के कति कारणले कारबाही गर्नु नपर्ने हो २४ घण्टाभित्र कार्यालयमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो ।हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका बन्जाडेले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गरेको देखिएकोले स्पष्टिकरण सोधिएको का