४१ वर्षे सैनिक सेवाबाट अवकाश पाउनुअघि प्रधानसेनापति थापा आजबाट एक महिने घर बिदामा

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट एक महिने घर बिदामा बसेका छन्। तीन वर्षे प्रधानसेनापतिको कार्यकाल सकिनु एक महिनाअघि घर बिदामा बस्ने प्रचलनअनुसार उनी आजबाट बिदामा बसेका हुन्। उनको कार्यकाल आगामी भदौ २४ गते पूरा हुँदैछ। ४१ वर्ष लामो सैनिक सेवाबाट उनले त्यसै दिनबाट अवकास पाउनेछन्। प्रधानसेनापति थापाले बिदा बस्नु एकदिन अघि सोमबार बलाधिकृत रथी प्रभुराम शर्मालाई बुझबुझारथ गरेका थिए।

सम्बन्धित सामग्री

प्रधानसेनापति थापा बिदामा, शर्माले सम्हाल्दैछन् जिम्मेवारी

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले अर्को महिना अवकाश पाउँदैछन् । उनी आजैदेखि एक महिना बिदामा बस्दैछन् । तीनवर्षे कार्यकाल पूरा गरेर उनी आजबाट बिदामा बस्न लागेका हुन् । नेपाली सेनामा अवकाश पाउनुअघि एक महिना बिदामा बस्ने चलन छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी...

प्रधानसेनापति थापाले रथी शर्मालाई गरे सेनाको कमाण्ड हस्तान्तरण

काठमाडौं, २५ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कमाण्ड हस्तान्तरण गरेका छन् । आज जंगी अड्डामा औपचारिक बुझबुझारथ सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति थापा आजबाट अनिवार्य घरबिदामा बसेका छन् । उनी बिदामा बसेपछि भोलिबाट रथी प्रभुराम शर्मा नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकिइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले […]

आजबाट प्रधानसेनापति थापा अनिवार्य बिदामा : कायममुकायम प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन् । उनले आगामी २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् ।  अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने...