बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई रु ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए ।नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ । महिलाको स्वाभिमानलाई अगाडि